maibeni hydropower

इलाममा निर्माण सम्पन्न ९.५१ मेगावाटको माईबेनी जलविद्युत आयोजनाले उत्पादन परिक्षण सुरु गरेको छ । ऊर्जा डेभलपर्सको सहायक सामलिङ्ग पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले उत्पादन परिक्षण सुरु गरेको हो ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूको रहोवरमा विभिन्न चरणको परीक्षण सम्पन्न गरी विद्युत खरीद बिक्री सम्झौता (पिपिए) बमोजिम १५ दिनका लागि निशुल्क विद्युत उपलब्ध गराउनेछ। १५ दिनको परीक्षण उत्पादनपछि व्यापारिक उत्पादन सुरु हुनेछ । आयोजनाबाट वार्षिक ५३.२८ गिगावाट घन्टा ऊर्जा उत्पादन हुने जनाइएकाे छ ।

सामलिङ पावरले सार्वजनिक निष्कासन गर्न लागेको माई-बेनीको कूल १२ लाख ३० हजार कित्ता सधारण शेयर (आईपीओ) मध्ये आयोजना प्रभावित बासिन्दाप्रति लक्षित ५ लाख कित्ता शेयरका लागि भदाै १८ गतेबाटआवेदन खुल्ला गरिसकेको छ । यस्तै, थप ७ लाख ३० हजार कित्ता शेयर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि चाँडै खुल्ला गर्ने योजना छ।

ऊर्जा डेभलपर्सकै अर्को सहायक कम्पनीमार्फत इलाममै निर्माण भइरहेको ६.२ मेगावाटको तल्लो जोगमाई निर्माणको अन्तिम चरणमा पुगेको छ ।