काठमाण्डौ । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्।

आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । तर विद्यालय खोल्नुपूर्व स्थानीय तहहरूले त्यहाँका अभिभावकहरूसँग पनि छलफल गरि सहमति लिनुपर्ने प्रजिअ पराजुलीले जानकारी दिनुभयो । विद्यालय सञ्चालन गर्दा पालिकाहरूले अनिवार्य रुपमा सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको/नभएको नियमित नियमन गर्नुपर्ने छ । केही नगरपालिकाहरूले भने यसअघिनै विद्यालय खोल्न थालेको भन्दै प्रजिअ पराजुलीले अब भने सबै स्थानीय तहमा एकरूपता ढंगबाट विद्यालय सञ्चालन गने निर्णय गरिएको बताउनुभयो।

उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्न सकिने भए पनि पूर्णरूपमा विद्यालय सञ्चालनमा आउन भने तिहारसम्म लाग्ने उहाँले बताउनुभयो । अहिले धेरै विद्यार्थीहरू अनलाइन कक्षा लिनबाट बञ्चित भएकोले भौतिक रूपमै कक्षा सञ्चालन गर्नुपर्ने सराकारवालाहरुको माग रेहेको छ । जिल्ला प्रशासन कार्यालयले अघिल्लो सातानै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन् । तर विज्ञहरूले अहिले विद्यालय खोल्ने बेला नभएको भन्दै कम्तीमा दसैं/तिहारपछि मात्र निर्णय लिनुपर्ने सुझाव दिएका छन ।००००