सिन्धुलीमाढी। शिक्षामा महिला नेतृत्व विकास सम्बन्धी तालिम आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ। सिकाई परियोजना अन्तर्गत लैङ्गिक रुपान्तरणमुखि तथा गुणस्तरीय शिक्षा भन्ने नारा सहित हिजोबाट सञ्चालन भएको थियो।

ह्याण्ड्स नेपाल सिन्धुलीको आयोजनामा प्लान नेपालको आर्थिक सहयोग र कमलामाई नगरपालिका र तिनपाटन गाउँपालिकाको समन्वयमा २ दिने तालिम सञ्चालन भएको थियो। हाम्रो समाजमा परम्परादेखिनै लैङ्गिक विभेदको रुपमा महिलाहरू पछि परेको सन्दर्भलाई मध्यनजर गर्दै सानैदेखि बालबालिकाहरूलाई ब्यबहारमै परिवर्तन गराउने उदेश्यले हरेक विद्यालयका सरोकारवाला व्यक्तिहरूलाई लैङ्गिक रुपान्तरणमुखि तालिम सञ्चालन गरिएको दुधौलीका सहजकर्ता कुमार पौडेलले बताउनु भयो।

तालिममा कमलामाई नगरपालिका र तिनपाटन गाउँपालिकाका विद्यालय व्यवस्थापन समितिका महिला प्रनिनिधि रहेका छन्। जसमा कमलामाई नगरपालिकाका १० जना र तिनपाटनका १० जना महिला उपस्थित रहेको ह्याण्ड्स नेपालले जनाएको छ। शिक्षामा महिला नेतृत्व विकास गर्ने,विद्यालय लाई लैङ्गिकमैत्री तथा बालमैत्री बनाउन सहयोग गर्ने साथै बालक र बालिकालाई शिक्षामा समान पहुँच स्थापना गर्नको लागि तालिमको आयोजना गरिएको ह्याण्ड्स नेपाल सिन्धुलीका प्रमुख प्रमोद तिमल्सिनाले बताउनु भयो।