काठमाण्डौ । कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु हुने भएको छ ।

राष्टिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले गत साउनमा स्थगित परीक्षा भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड अपनाएर विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म होम सेन्टरमानै परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिनुभयो ।

बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिएको थियो । तर यस वर्ष भने शतप्रतिशतनै परीक्षा लिने बोर्डको तयारी छ ।००००