काठमाण्डौ । अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावास बन्द भएको छ । 

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले काबुलस्थित अमेरिकी दूतावास बन्द गरिएको बताएका हुन । उनले अब अफगानिस्तानमा नयाँ ढंगले कूटनीतिक मिसन सुरु गरिएको समेत बताएका छन् । अमेरिकाले अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने भएको छ । अमेरिकी नागरिकलाई सम्बोधन गर्दै विदेशमन्त्री ब्लिंकेनले अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम उडान सम्पन्न भएको बताएका हुन ।

 उनले अफगानिस्तानबाट करिब १ लाख २३ हजार मानिसलाई सुरक्षित रुपमा उद्धार गरिएको जानकारी दिएका छन । जसमा करिब ६ हजार अमेरिकी सैनिक रहेका छन ।००००