काठमाण्डौ । नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल देशभर ८ हजार ६ सय ६७ पीसीआर परिक्षणमा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परिक्षणमा ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । आज काठमाडौं उपत्यकामा मात्रै थप ७ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार १९० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३ सय २० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १० हजार २ सय ५९ जनाको मृत्यु भएको छ । यस्तै मुलकभर ६ लाख ८० हजार ८ सय १५ संक्रमित कोरोनामुक्त भएका छन् । देशभर हालसम्म ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।००००