काठमाण्डौं । रामेछापको सदरमुकाम मन्थलीका माझी समुदायले सुनकोशी–२ जलविधुत आयोजना कुनै पनि हालतमा अगाडी बढ्न नदिने चेतावनि दिएका छन । 

आइतबार मन्थलीमा विरोध प्रर्दशन गर्दै उनिहरुले आफुहरुको थाकथलो मन्थलीनै डुबानमा पर्नेगरी सुनकोसी–२ जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुन लागेकोले कुनैपनि हालतमा आयोजना अगाडी बढ्न नदिने चेतावनि दिएका हुन । देशैभरिका माझीहरुको एक मात्रै मुख्य पेशा, धर्म, संस्कृति मान्ने माझी समुदाय मन्थलीमा रहेको उल्लेख गर्दै उनिहरुले  आयोजनाले त्यो सबै सखाप पार्न लागेको बताएका छन । 

जलविद्युत आयोजना निर्माणको लागि आइतवार सदरमुकाम मन्थलीमा राखिएको सार्वजनिक सुनुवाई कार्यक्रम माझी समुदायको विरोधको कारण सुरु नै नभई स्थगित भएको छ । बागमती प्रदेशका सांसद रिता माझीको नेतृत्वमा मन्थलीमा भेला भएका माझी समुदायले आयोजनाको विरोध गर्दै नारावाजी गरेका थिए । 

आयोजना निर्माण भएको अवस्थामा माझी समुदायको घरवास मात्र नभएर संस्कृति समेत लोभ हुने भन्दै उनिहरुले आयोजना निर्माणप्रति आपत्ति जनाएका हुन् । माझी समुदायले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र परम्परालाई पैसामा तुलना गर्न नसकिने बताउदै कुनै पनि हालतमा आयोजना निर्माण गर्न नहुने माग गरेका थिए । आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन बारेमा नागरिकको सल्लाह सुझाव र प्रतिक्रिया लिन मन्थलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्न लागेको थियो ।

विद्युत विकास विभागका इन्जनियर सुभाष थपलियाले स्थानीयनको प्रतिक्रिया बुझ्नको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्न लागिएकोमा त्यसको विरोध भएकोले कार्यक्रम स्थगित जानकारी दिए । जलासययुक्त सुनकोसी जलविद्युत आयोजना निर्माण रामेछाप र सिन्धुलीका तामाकोसी किनरका बस्तीहरु डुवानमा पर्नेछन् ।००००