सिन्धुलीमाढी। सिन्धुलीमा सञ्चालित सहकारीहरूको म्यानेजर्स क्लब सिन्धुली गठन गरिएको छ। आज भएको सहकारीका म्यानेजरहरूको भेलाले दिपेन्द्रध्वज बस्नेतको अध्यक्षतामा नौ सदस्यीय क्लब गठन गरेको हो।

म्यानेजर्स क्लब सिन्धुलीको उपाध्यक्षमा अनु क्षेत्री, सचिवमा जिबी श्रेष्ठ, कोषाध्यक्षमा नविन कार्की त्यस्तै अन्य पाँच जना सहित ९ जनाको क्लब गठन गरिएको हो। उक्त क्लबको सल्लाहाकारमा राम बज्यु, रमेश प्रसाद चौलागाई र तेजेन्द्र खड्का रहनु भएको छ। सहकारीकोहरूको हकहितको लागि उक्त क्लब गठन गरिएको क्लबका सचिव जिबी श्रेष्ठले बताउनु भयो । त्यस्तै सहकारी लाई अझ प्रभावकारीरुपले सञ्चालन गर्ने उदेश्यले रहेको उहाँले बताउनु भयो।