सिन्धुलीमाढी। प्रदेश नं २ का प्रमुख डा. राजेश झाले सिन्धुलीको ऐतिहासिक युद्ध संग्रहलयको अवलोकन गर्नुभएको छ। आज प्रदेश प्रमुख झालाई कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले स्वागत गर्नुभएको छ।

प्रदेश प्रमुख झाले सिन्धुलीगढीको इतिहास जीवन्त राख्न नवनिर्मित सिन्धुलीगढी युद्ध संग्रहालय निर्माणमा महत्तवपूर्ण भूमिका निर्वाह गर्नु भएको भन्दै नगर प्रमुख खत्रीलाई खादा र राष्ट्रिय झण्डा अङ्कित चिन्ह लगाई सम्मान गर्नुभएको छ। नेपाली भनेर बाँच्न पाउने अधिकार सिन्धुलीगढीबाट प्राप्त भएको र संग्रहलयले पुरातात्विक कुरा झल्काउने प्रदेश प्रमुख झाले बताउनु भयो।

नवनिर्मित सिन्धुलीगढी युद्ध संग्रहालको गत श्रावण १३ गते राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो। उक्त संग्रहालयमा वीर योद्धाहरूको नामांकन, संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्री, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रह गरिएको छ। सिन्धुलीगढी युद्ध संग्रहालय श्रावण १६ गते शनिबारदेखि सर्वसाधरणहरूको लागी खुल्ला गरिएको थियो । सुरु भएको पहिलो दिनमै १५ हजारको टिकट बिक्रि भएको कमलमाई नगरपालिको जनाएको छ।