काठमाडौं । विगतका वर्षहरुमा वडादशैंको अवसरमा नयाँ नोट साट्दै आएको राष्ट्र बैङ्कले यसपालि साना दरका नयाँ नोटहरु नसाट्ने भएको छ । कोभिड -१९ सङ्क्रमणको जोखिम उच्च बन्दै गएकोले यसपालि राष्ट्र बैङ्ले नयाँ नोट नसाट्ने भएको हो ।
राष्ट्र बैङ्कले आईतबार सूचना जारी गर्दै कोभिड -१९ सङ्क्रमण जोखिमका कारण नयाँ नोट साट्न नसकिने जनाएको हो ।

