नेपाल तामाङ्ग घेदुङ्ग कमलामाई नगरपालिकाकी सचिव सरिता राई तामाङ्गले आज जन्मदिनको अवसरमा शैलशिखर अनाथालयलाई खाद्य तथा स्टेसनरि सामग्री प्रदान गर्नुभएको छ ।

आज ४६ औँ जन्म दिनको अवसरमा कमलामाई नगरपालिका चार ढुङ्ग्रेबासस्थित अनाथालयलाई सचिव राईले १२ हजार रूपैयाँ बराबरको समग्री प्रदान गर्नुभएको हो ।

अनाथालयमा भएका ६ जना अनाथहरूको लागि ३ बोरा चामल,१ कार्टन तेल, दाल ३ केजी,२ दर्जन कापी, २ दर्जन पेन तथा मास्क सेनिटाइजरलगायत अन्य सामग्री प्रदान गरिएको हो । जन्म दिनको अवसरमा कोभिडको समयमा अनाथ बालबालिकाहरूका लागि केही राहत मिलोस् भनेर सामग्री प्रदान गरिएको राईले बताउनु भयो । पछिल्लो समय राई सामाजिक कार्यमा सक्रिय भएर लागि रहनुभएको छ ।