काठमाण्डौ । इपिएस कोरिया शाखा ग्वार्काेले कार्यालयको विषयमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने ब्यक्तीलाई कारवाहि गर्ने चेतावनि दिएको छ ।

दक्षिण कोरियामा श्रमिक लैजाने प्रक्रिया चरणबद्ध रुपमा भइरहेको भन्दै कोरिया शाखाले पछिल्लो समयमा सामाजिक सञ्जालमा उच्छृंखल, असभ्य तथा अराजक गतिविधि भइरहेको प्रति भएको जनाएको छ । इपिएस कोरिया शाखा ग्वार्कोले आज एक विज्ञप्ति जारी गर्दै यस्ता नकरात्मक गतिविधिले इपिएस प्रणालीलाई समेत धक्का पुग्ने चेतावनी दिएको छ ।

अब पनि यस्ता गतिविधि निरन्तर रुपमा अगाडि बढाए कानुनी उपचार समेत खोज्ने समेत कार्यालयले जनाएको छ । कामदारलाई कारिया पठाउन कोरोना विमा लगायत विभिन्न स्वास्थ मापदण्ड लगायतका सर्त पालना गरि कामदार भित्र्याउन प्रयास भइरहेको विज्ञप्तिमा जनाइएको छ । त्यसैले संवेदनशील बनेर उडान सुचारुको प्रतिक्षामा धैर्य गर्न र ईपिएस कोरिया शाखाको वेबसाइटमा प्रकाशित हुने सुचनाको प्रतिक्षा गर्न आग्रह गरेको छ ।

This image has an empty alt attribute; its file name is inbound304940088512800979-717x1024-1.jpg