काठमाडौं । पछिल्लो समय भरेको आइपीओ पनु भनेको अमेरिकाको डिभी पर्नु जस्तै भएको छ । आइपीओ कम र माग गर्ने मान्छे धेरै भएको कारण आइपीओ पर्न धेरै गारो छ ।

तर यस वर्ष १७ वटा कम्पनीले ५ अर्ब बराबरको आइपीओ ल्याउदै छन् । ४ वटा कम्पनीले आइपीओ जारी गर्न अनुमति पाइसकेका छन् । भने बाँकी १३ वटा कम्पनी पनि लाइनमा रहेका छन् ।

धितोपत्र बोर्डको पाइपलाइनमा रहेका १७ कम्पनीले कुल ५ अर्ब ३ करोड ७२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् ।

सो कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ५ करोड ३ लाख ७२ हजार ५४८ कित्ता सेयर थपिनेछ । मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, मानुषी लघुवित्त र सामलिङ पावरले आइपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् ।

हाल मध्य भोटेकोशीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई ६० लाख कित्ता र तेह्रथुम पावरले तेह्रथुम जिल्लाका स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरिरहेका छन् । भोटेकोशीले सर्वसाधारणलाई ९० लाख कित्ता आइपीओ छुट्याएको छ ।