तस्विर: संगिता डिम्दोङ

सिन्धुली। नेपाल शिक्षक महासंघ सिन्धुलीले आज शिक्षा विकास तथा समन्वय ईकाइको कार्यलय अगाडि धर्ना बसेका छन् । कारोना भाइरस विरुद्धको खोप लगाएर मात्रै सामुदायिक विद्यालय सञ्चालन गर्ने पाउनु पर्न माग गर्दै शिक्षकहरू धर्नामा बसेका हुन् ।

शिक्षकहरूले बिहान १० बजेदेखि १ बजेसम्म कार्यलय घेराउ गरेका थिए। एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीका सचिव कबिन्द्र गौतमका अनुसार नेपाल शिक्षक संगठन महासंघको केन्द्रीय कार्यक्रम अनुसार आज जिल्लाको शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना बसेको जनाएका हुन्। सरकारले शिक्षा र शिक्षकलाई उपेक्षा गरिएको भन्दै देशभरका शिक्षकहरू आन्दोलित रहेका छन् । सोही कार्यक्रम अन्तर्गत पेशागत मागलाई थाति राख्दै समसाययिक मागलाई मधयनजर गरी सरकारलाई चेतावनी दिइएको गौतमले बताए।

सरकारले सम्पूर्ण शिक्षकलाई कोरोना विरुद्धको खोप नलाएसम्म कोही पनि शिक्षक कक्षाकोठामा पढाउन नजाने अडान लिएका छन्। नेपाल शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच २०७५ साल फागुन ९ गते भएको सम्झौता बिपरित कार्यबिधि बनाएर सरकारले दरबन्दी मिलान कार्य अघि बढाएको भन्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । उक्त सम्झौता बिपरित गरिएको चालु दरबन्दी मिलान कार्य अबिलम्ब रोकि सम्झौता अनुसार नै दरबन्दी मिलान कार्य अगााडि बढाउन शिक्षकहरूको माग रहेको छ।