काठमाडौं । भदौ महिनाको अन्तिम दिन ३१ गते बुधबार नेप्से ५ दशमलव ३६ अ‌ंकले बढेर बन्द भएको छ ।

बजार खुलेदेखि नै उतडचढाब देखिएको बजार अन्तत बढेर बन्द भएको छ । जम्मा १ सय ६९ कम्पनीको कारोबार भएको बजारमा ९७ वटा कम्पनीको मूल्य बढेको छ भने ५५ वटा कम्पनीहरुको मूल्य ऋणात्मक हुन पुग्यो भने १७ वटा कम्पनीहरुको मूल्य यथावत रहेको छ । 

१२ वटा उपसमूहमध्यै बै‌ंकिङ्ग समूहमात्र ऋणात्मक रहेको बजारमा १ अर्ब ८४ करोडभन्दा बढीको करोबार भयो । सबैभन्दा बढी होटल समूहको लगानीकर्ताले कमाउन सफभएको छ । होटल समूहपछि भने आज हाइड्रोको शेयरमा पनि लगानीकर्ताहरु साथ रहेको छ ।