रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले रामेछापको आठ वटै स्थानिय तहलाई स्वास्थ सामाग्री प्रदान गरेको छ । कोभिड १९ (कोरोना भाईरस) महामारी बेला स्वास्थ उपचारमा सहज होस् भन्ने उदेश्यका साथ रामेछाप जिल्लाको लागी १२ लाख बराबरको स्वास्थ सामाग्री उपलब्ध गराएको हो । 


 

स्थानिय तह एबम स्वास्थ संस्थाको परामर्श अनुसार दोरम्बा, सुनपाती, खाँडादेवि, गोकुलगंगा, लिखुतामाकोशी गाँउपालिका, रामेछाप नगरपालिका र तामाकोशी सहकारी अस्पतालको लागी एक एक थान मिनी भ्यान्टिलेटर (दष्उबउ mबअजष्लभ), ग्युको मिटर, सेनिटाईजर, सर्जिकल मास्क पन्जा त्यसै गरि उमाकुण्ड गाउँपालिका र मन्थली नगरपालिको लागी एक एक थान अक्सिजन कन्सन्टेटर, ग्युको मिटर, सेनिटाईजर, सर्जिकल मास्क पन्जा लगाएतका सामाग्री प्रदान गरिएको अभियानका संयोजक एबम् सम्पर्क समितिका पुर्ब अध्यक्ष भिम खडकाले बताए । 

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पुर्ब अध्यक्ष एबम् बागमती प्रदेश सम्पर्क समितिका अध्यक्ष रबि प्रताप घिसिङ, सम्पर्क समितिका सल्लाकारहरु बिदुर खडका, चित्र बहादुर मोक्तान, मेगराज खडका, निबर्तमान उपाध्यक्ष टंक गौतम, उपाध्यक्ष सुजन श्रेष्ठ, लाईन्स क्लब अफ काठमाडौंका अध्यक्ष मिन बहादुर तामाङ सहितको टोली रामेछापको प्रत्येक स्थानिय तहमा पुगी स्थानिय जनप्रतिनिधी र स्वास्थकर्मीको रोहबरमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।