काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले संकटमा सक्रिय पत्रकारहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ ।


कोरोनाको दोस्रो लहर बढेसगैँ सोमबार एक विज्ञप्तीमार्फत आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन गरेर ६ विधाको पत्रकारितामा सक्रिय पत्रकारहरुलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार महासंघले प्रदान गर्ने भएको हो ।

 

महामारीको कठिन समयमा ज्यानको बाजी राखेर निरन्तर पत्रकारितामा सक्रिय पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागिएको  समितिले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

उक्त पुरस्कारमा जनही दश हजार नगद र प्रमाणपत्र समेत रहेकोले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने  नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष बैकुण्ठ राज पराजुलीले बताएका छन् ।

पुरस्कृत  हुने पत्रकारहरुको  छनौट भने ६ विधासँग प्रतिनिधि गर्ने संस्था, विज्ञ तथा अग्रज सहितको जुरी समितिले छनौट गर्ने विज्ञप्तिमा उल्लेख छ । प्रोत्साहन पुरस्कारले पत्रकारिताप्रति थप जिम्मेवार हुन उर्जा प्रदान गर्ने एसोसिएट प्रदेश समितिले विश्वास लिएको  जनाएको  छ ।