काठमाडौं। सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। आज बजेट भाषण मार्फत आफ्ना सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न आ.व. २०७८/७९ को बजेटमा त्यस्तो घोषणा गरेका हुन्।
यस अघि सरकारले भारतबाट ११ लाख र चीनबाट अनुदानमा ८ लाख डोज खोप ल्याइसकेको छ। यस्तै पछिल्लो समय चीन सरकारले थप १० लाख डोज खोप अनुदान सहयोग दिने भएको छ।

