सिन्धुली। तामाङ चिकित्सक समाज नेपालले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि स्वास्थ्य परामर्श अभियान थालेको छ । कोरोना संक्रमितहरुका लागि प्रत्यक्ष भेटेर परामर्श दिन नसक्ने भएकाले संंक्रमितको आत्मबल बढाउनका लागि यस्तो अभियान थालेको तामाङ चिकित्सक समाजका केन्द्रीय अध्यक्ष डा. दिल बहादुर थोकरले बताए ।

कोरोना संक्रमितको ८२ प्रतिशत होम आइसोलेसनमा नै कोरोनासँग लडिरहेको छन् । यस्तो अबस्थामा संक्रिमितहरुको डर, चिन्तन, मानसिक तनावलाई दुर गराउनको निम्ति चिकित्सको परामर्शको अतिआश्याक रहने भएकाले तामाङ चिकित्सक समाजले सो अभियान थालेको डा. थोकरले बताए । उनले भने “कोरोना संक्रमितलाई चिकित्सकले राम्रो परामर्श गरेमा कोरोना लाई जित्ने आत्मबल बढ्छ” नेपालमा कयौँ ठाउँमा इमेल,इन्टरनेटको पहँुच पुगेको छैन । त्यस्ता ठाउँका नागरिकले पनि स्वास्थ्य परामर्श पाउँनु पर्छ ।

त्यस्ता ठाउँका कोरोना संक्रमित व्यक्तिको सारथि बन्नको लागि टेलिफोन मार्फत स्वास्थ्य परामर्श प्रदान गरिने डा. थोकरले बताए । स्वास्थ्य परार्शका लागि नेपालभरका तामाङ चिकित्सक समाजमा आबद्ध ३१ जना एमबिबिएस डा.क्टर तयार भएका छन् । सयम तालिका अनुसार डाक्टरहरुले टेलिफोन मार्फत परामर्श दिने बताईको छ । यसैबिच डा. दिल बहादुर थोकर, सुनिल मोक्तान र सन्जित गोलले भने २४ घण्टानै परामर्श दिइने बताइएको छ ।

जसको लागि डाक्टरहरुको सम्पर्क नम्बर र समय तालिका सार्वजनिक गरिएको छ।