मोवाइलको दुनियाँमा नयाँ नयाँ फिचरहरुको विकास भैरहेको छ । वैज्ञानिकहरु मोवाइल फोनमा जतिसक्दो धेरै सुविधाहरुलाई समेटेर वहुउपयोगी बनाउन दिनरात प्रयासरत छन् । विल्कुलै नयाँ भिन्न सुविधाहरु थपेर हुन्छ या केहि अपग्रेड गरेर भएपनि अन्यभन्दा फरक हो भन्ने पारेर ग्राहकलाई आकर्षित गर्न मोवाइल फोन उत्पादकहरुमाझ होडवाजी नै चलेको स्पष्ट देख्न सकिन्छ ।

विश्वको प्रमुख एण्ड्रोइड मोवाइल फोन निर्माता मध्येको एक कोरियाली कम्पनी सामसुङले हालै अन्तर्राष्ट्रिय बजारमा ए ८० मोडलको नयाँ फोन सार्वजनिक गरेको छ ।

सामसुङको आधिकारिक वेवसाइटमा जनाइएअनुसार ए ८० मा एण्ड्रोइड भी ९ पाई अपरेटिङ्ग सिस्टमको प्रयोग गरिएको छ । यो सामसुङ्गले पछिल्लो समय प्रयोगमा ल्याएको अपरेटिङ्ग सिस्टम हो । यो फोनमा क्वालकम स्न्यापड्र्यागन ७३० जी चिपसेटको साथमा ६४ बिटको अक्टाकोर प्रोसेसर प्रयोग गारिएको छ । यो मोवाइलमा ८ जीबी र्याम र नन एक्सपाण्डेवल १२८ जीबी इन्टरनल स्टोरेज मेमोरी राखिएको छ ।

पछिल्लो समय मोवाइलमा धेरै प्रयोग गरिएको बेजललेस स्क्रिन हो । यद्यपि, अन्य मोवाइलमा सेल्फी क्यामेराले गर्दा स्क्रिनमा सानो भएपनि पान्चहोल या नोच हुन्छ । तर यो मोवाइलमा ६.७ इन्चको नोचालेस इन्फिनिटी सुपर एमोलेड फुल एचडी डिस्प्ले प्रयोग गरिएको छ । २०:९ एस्पेक्ट रेसियोमा ३९३ पीपीआईको १०८०x२४०० स्क्रिन रिजोलुसनले स्तरीय फुल एचडी डिस्प्ले प्रदान गर्छ ।

प्रयोगकर्ताको रुची मोवाइलबाट फोटो खिच्नमा निकै बढेपछि पछिल्लो समय मोवाइल फोन निर्माताहरुले क्यामेराको स्तरोन्नतीमा ठूलो लगानी गरेका छन् । सामसुङले यो मोवाइलमा ट्रिपल पपअप रोटेट प्रविधिको क्यामेरा प्रयोग गरेको छ । हालसम्मका सबैजसो मोवाइलमा मेन क्यामेराभन्दा सेल्फी क्यामेरा कम क्षमतावान छन् । यसमा सेल्फी खिच्दा प्राइमरी क्यामेरा नै अटो स्लाइड भएर रोटेट हुन्छ । जसले प्राइमरी क्यामेराबाटै सेल्फी लिन सकिन्छ । यो मोवाइलमा ४८ मेगापिक्सेलाको प्राइमरी क्यामेरा राखिएको छ, जसको एपर्चर एफ २.० रहेको छ, भने सेकेण्डरी क्यामेरामा ८ मेगापिक्सेलाको अल्ट्रावाइड लेन्समा एफ २.२ को एपर्चर प्रयोग गरिएको छ । यसैगरी अर्को थ्रीडि टीएफ डेप्थ सेन्सरको सहायताले अब्जेक्टमाथि अझ सहज तवरले लाइभ फोकस गर्न सकिने भएको छ ।

यो मोवाइलमा ३७०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री लाइफको कुरा गर्नुपर्दा लगभग ९ घण्टा हाराहारी टिक्ने अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरुले बताएका छन् । रेन्जवाइज हेर्ने हो भने यसलाई केहि कम मान्न सकिन्छ । सामसुङ ए सेरिजकै ए७० मोवाइलमा ४५०० एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । यसमा पावरफुल २५ वार्डको सुपर फास्ट चार्जर प्रयोग गरिएको छ ।

फिङ्गर प्रिन्ट​, फेस अनलक लगायतको सुविधा भ​एको यो फोनमा अडियो ज्याक भने उपलव्ध​ छैन ।