पछिल्लो २४ घण्टामा निको भएको संख्या ६ हजार ६४८ रहेका छन्। त्यस्तै २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा पिसिआर विधिबाट १९ हजार ५३९ जना र ३४४ जनाको एन्टिजेन्ट विधिबाट कोभिड १९  सङ्क्रमण परीक्षण  गरिएको थियो। नेपालमा कोरोना सङ्क्रमको निको हुने दर ७४.६ प्रतिशत रहेको मन्त्रालयले  जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको। आजसम्म देशभर १ लाख १०  हजार २६३ जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ८०८ जना र बाँकी १ लाख २ हजार ४५५ जना होम आइसोलेसन मा रहेका छन्। 

पछिल्लो २४ घण्टामा उपत्यकामा सङ्क्रमितको संख्या २ हाजार ६०९ जना थपिएको छ। जसमा भक्तपुर २९२ जना ललितपुरमा ४६३ जना र काठमाडौंमा १ हाजार ८८१ जना  रहेको मन्त्रालयले ज नाएको छ।