एनएमबि बैंकले २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। १० वर्षे अवधिको ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ निष्कासन गरेको हो।
लगानीकर्तालाई ८.५ प्रतिशत ब्याज दिने बैङ्कले जनाएको छ। प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसको ५ प्रतिशत वा ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ६० हजार कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताहरूले जेठ २ गतेदेखि छिटोमा जेठ ५ गतेसम्म र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सक्न्छन्। ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।
बैंकले बिक्री गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ ।

