काठमाडौं। यस सिजनको एफ ए कपको उपाधी लेस्टर सिटीले जितेको छ। लेस्टर सिटीले फाइनलमा चेल्सीलाई हराउँदै पहिलो पटक उपाधी जितेको हो।

लेस्टरलाई जिताउन युरीटिलेमान्सले खेलको ६३ औं गोल गरे सोही गोल उपाधीका लागि निर्णायक बन्यो। इङ्गल्याण्ड स्थित वेंबली स्टेडियममा केहीबेर अघि सम्पन्न खेलमा लेस्टरले पहिलो पटक उपाधी जित्न सफल भएको छ।

एफ ए कपको फाइनल खेलमा २० हजार दर्शकको साथ खेलाडीले पाएका थिए। प्रतिस्पर्धात्मक खेल रहे पनि च्याम्पियन्स लिगको फाइनल पुगेको टिम लेस्टरसँग १-० गोलले स्तब्ध हुँदा लेस्टर भने पहिलो पटक उपाधी चुम्न सफल रह्यो। लेस्टरले यसअघि एफ ए कपको उपाधीका लागि ४ पटक खेलेको भएपनि उपाधी उचाल्न अभागी सावित भएको थियो।