काठमाडौं। पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधी काठमाडौं रेजर्सले जितेको छ। काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० ले जितेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा काठमाडौंलाई उपाधी दिलाउन खेलको पहिलो हाफमा मेसौके ओलुमोउले खेलको २१ औँ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो। मेसौकेले विश्वास श्रेष्ठले दिएको पासलाई उत्कृष्ट फिनिस फिनिस गर्दै गोल गरेका थिए।
काठमाडौं लिग चरणमा धनगढीसँग ३–० ले तथा तथा प्ले अफमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो।
काठमाडौंका राजन गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित भए भने काठमाडौंकै फ्लोरेन्ट कोरा सुपर प्लेयर अफ दि म्याच घोषित भए।
जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको छ भने। धनगढी एफसीले १५ लाख रुपैयाँ हात पारेको छ।