काठमाडौं। पहिलो पटक सञ्चालनमा आएको नेपाल सुपर लिगको उपाधिका लागि आज (शनिबार) धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ५:३० बजे त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुनेछ।

फाइनलमा कप्तान किरण चेम्जाङको टिम धनगढी टिम र विकेश कुथुको कप्तानीमा काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। यस अघिको प्लेअफ खेलमा जित निकालेको धनगढी उच्च मनोवलका साथ मैदन उत्रने भने काठमाडौं रेजर्स यसअघिका गल्तिलाई सच्याएर जितसँगै उपाधि जित्ने दाउमा रहेको छ।

खेलको लिग चरण देखि नै उत्कृष्ट लयमा देखिएको धनगढी एफसी लिगको शीर्ष दोस्रो स्थानमा रहँदा काठमाडौं रेजर्स शीर्ष स्थानमा रहेपनि प्लेअफमा धनगढी एफसीसँग खेलको अनिरिक्त समयमा गोल खान पुग्दा फाइनलका लागि दोस्रो पटक खेल पर्खिनु परेको थियो। काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई ३-० ले हराउँदै फाइनल प्रवेश गरेको हो।