काठमाडौं। सरकारले चीन अनुदानमा ल्याउने भनेको २० हजार थान सिलिण्डर अक्सिजन मध्ये ४०० थान सिलिण्डर अक्सिजन नेपाल आईपुगेको छ। नेपाल एयरलाइन्सको जहाले चीनको बेइजिङ्बाट अक्सिजनको सिलिण्डर सहित अन्य स्वास्थ्य सामग्री सहित नेपाल ल्याएको हो।

चीनले अनुदान सहयोग दिएको ४ सय सिलिन्डर अक्सिजन सहित जहाजले १० थान भेन्टिलेटर र अक्सिजन कन्सन्टेटर १६० थान ल्याईएको नागरिक उड्ययनले जनाएको छ।

नेपालमा अक्सिजनको अभाव हुन थालेपछि सरकारको अनुरोधमा चीन सरकारले २० हजार थान सिलिण्डर अक्सिजन अनुदान सहयोग गर्ने बताएको थियो।