काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अत्याधिक रुपमा कोरोना सङ्क्रमण बृद्धि भएको कारण जोखिम न्यूनिकरणका लागि बजार बन्द गर्न लागेको जनाएको छ। 

आज २८ गते देखि लागु हुनेगरी कृषक बजार बन्द गरिने, खुद्रा बजार बैशाख ३० गतेदेखि र थोक बजारमा हुने सम्पूर्ण कारोबार बैशाख २९ गते देखि बन्द गरिने बजार विकास समितिले ज नएको छ। 

मङ्लगबार  बजार विकास समितिले सूचना जारी गर्दै थोक बजार प्याकेजिङ गरेर मात्रै बिक्री वितरण गर्ने, एक वटा थोक पसलमा अधिकतम २ जना मात्र बस्ने र सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कारोबार गर्ने निर्णय गरेको छ। 

समितिले बजार परिसर भित्र मोटरसाईकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ।