काठमाडौं। आरोही कामिरिता शेर्पा २५ औँ पटक सगरमाथाको चुचुरो पुगेका छन्। यस सिजनको आरोहणको बाटो खुलाउने क्रममा शुक्रबार साँझ १२ सदस्य टोलीको नेतृत्व गर्दै सगरमाथाको चुचुरोमा पुगेका हुन्।
उनले आफ्नै नाममा रहेको २४ औँ पटकको किर्तिमानी भङ्ग गर्दै सगरथाको चुचुरामा २५ औँ पटक पुगेर नयाँ विश्वकीर्तिमान कायम गरेका छन्।
यो सँगै यस वर्ष सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहणको अनुमति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाृको छ। मन्त्रालयका अनुसार ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् ।
पर्यटन विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन्। कोभिड–१९ महामारीबीच जारी सिजनमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका हुन् ।
सन् २०१९ मा ४१ आरोही समूहका तीन सयभन्दा बढीले सगरमाथा आरोहण गरेका थिए।