काठमाडौं। त्रिदेशीय क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीमा डेब्यु गरेका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आएसीसी क्रिकेटको प्लेयर अफ दि मन्थको मनोनयनमा परेका छन्। त्रिदेशीय टी-२० प्रतियोगिताको पाँच खेलमा चार खेलमा अर्धसतक पारी खेलेर सन् २०२१ को छिटो धरै रन बनाउने खेलाडीको सूचीको विश्व वरियतामा पाँचौ नम्बरमा परेका थिए।
विश्व कीर्तिमानी प्रदर्शन गर्दै नेपाललाई त्रिदेशीय टि-२० सिरिजको उपाधि दिलाउन कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्रिदेशीय टि-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका भुर्तेल आइसीसीको अप्रिल महिनाको प्लेयर अफ दि मन्थमा मनोनयन भएका हुन्।
उनीसँगै पाकिस्तानका कप्तान बाबर आजम र ओपनर फखर जमान उत्कृष्ट तीनमा परेका हुन्। प्लेयर अफ दि मन्थको छिनोफानो समर्थकले गरेको खुला मतदानमार्फत हुनेछ।
आइसीसीले मनोनय गरेको प्लेयर अफ दि मन्थक कुशल भुर्तेललाई यहाँ क्लिक गरेर भोट गर्न सकिन्छ। अन्तिम नतिजा मे १० मा आउनेछ।