काठमाडौं। नेपालमा कोरोना सङ्क्रमका कारण पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। यो कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हालसम्मकै उच्च हो।
साथै कोरोना सङ्क्रमण पनि हालसम्मकै उच्च रहेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उच्च सङ्क्रमित रहेको काठमाडौंमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४९ सङ्क्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ५ सय १८ र भक्तपुरमा ४ सय ५८ जना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ।