काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ। हिजो मङ्गलबार एन्टिजेन्ट विधिबाट गरिएको परिक्षणमा मुख्यमन्त्री गुरुङलाई सङ्क्रमण देखिएको हो।
मुख्यमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी होम आइसोलेसनमा रहेको सचिवालयले जनाएको छ।