काठमाडौं। म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मन(पिएसजी) लाई दोस्रो तथा अन्तिम लेगमा २-० ले हराउँदै फाइनल प्रवेश गरेको छ।
मंगलबार इङ्लिस क्लब म्यान्चेस्टर सिटीको होममा भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जितसँगै सिटी पहिलो पटक फाइनल पुगेको हो। सिटीलाई फाइनल पुर्याउन दुवै गोल महारेजले गरे।
घरेलु मैदान सिटीले महारेजको गोलबाट ११ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको ६३ औँ मिनेटमा महारेजले सिटीको अग्रता दोब्बर बनाउँदा सिटी फाइनल प्रवेश गरेको हो।
अघिल्लो सिजन फाइनलमा बार्यन म्युनिखसँग फाइनलमा हारेको पिएसजी यस पटक भने सेमिफाइनलबाटै घर फर्किएको छ। सिटीले उपाधि भिडन्तका लागि चेल्सी र रियलम्याड्रिडबीचको खेल पर्खनु पर्नेछ। पहिलो लेगमा बराबरी खेलेको चेल्सी र रियल मड्रिडको फाइनल लेग आज राति चेल्सीको होममा हुँदैछ।