क्रोएसियन मिडफिल्डर इभान राकिटिचले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । क्रोएसियालाई सन् २०१८को विश्वकपमा फाइलनसम्म पु¥याउन उत्कृष्ट भूमिका खेलका ३२ वर्षीय राकाटिचले सोमाबर अन्तर्राष्ट्रिय फुटबालबाट सन्न्यासको घोषणा गरेका हुन् ।
क्रोएसिया फुटबल फेडेरसनले राकिटिचले अन्तर्राष्ट्रिय फुटबल नखेल्ने घोषणा गरेको जनाएको छ । उनी स्विजरल्याण्डमा जन्मिएका थिए । उनले स्विजरल्यान्डबाट उमेर समूहको खेल पनि खेलेका थिए । तर, सिनियर टिमका लागि भने उनले क्रोएसिया रोजेका थिए ।
सन् २००७ मा राष्ट्रिय टिममा डेब्यू गरेका राकाटिचले क्रोएसियाका लागि १०६ खेल खेल्दै १५ गोल गरेका छन् । उनी क्रकोसियाका लागि सर्वाधिक खेल खेल्ने चोथो खेलाडी हुन् । क्रोएसियाबाट उनले तीन युरोकप र दुई विश्वकप खेलेका थिए ।
राकिटिचले क्लब भने निरन्तरता दिने छन् । यसै सिजन उनी बार्सिलोनाबाट सेभिया आएका छन् । उनले सेभियालाई कप्तानको जिम्मेवारी दिएका छन् ।
बार्सिलोनामा ६ सिजन बस्दा ला लिगा चार सिजन जितेका थिए । यस्तै चार कोपा डेल रे, २ सुपर कोपासहित च्याम्पियन्स लिग, यूईएफए सुपर कप र क्लब विश्वकप एक एक पटक जितेका थिए ।