उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले स्पेनिस क्लब बार्सिलोना छाड्ने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले ठाउँ नदिने स्पस्पट पारेपछि यही समरमा क्लब छाड्नेबारे सुआरेजले बार्सिलोनासँग सहमति गरेका छन् ।

एक वर्ष बाँकी छँदै बार्सिलोनासँगको सम्भौता रद्द गरेपछि सुआरेज अब फ्रि टान्सफरमा अन्य क्बस जाने छन् । प्रशिक्षक कोएमनको योजनामा ठाउँ नपाएपछि सुआरेजले क्लब छाड्न लागेका हुन् ।

बार्सिलोना छाड्ने पक्का भए पनि सुआरेज कहाँ जान्छन् भन्ने अझै टुंगो लाग्न सकेको छन् । केही दिनअघिसम्म सुआरेज इटालिनय जाइन्ट युभेन्ट्स जाने लगभग पक्का जस्तै भएको थियो, तर इटापलियन नागरिकता लिने प्रक्रिया ढिलो हुने पछि युभेन्ट्सपछि हटेको थियो ।

सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट क्याम्प नोउ पुगेका सुआरेजले बार्सिलोनाका लागि १९८ गोल गरेका थिए । उनले ६ वर्षमा २०१५ को ट्रेबलसहित कूल १३ ट्रफी जिते । यस्तै सन् २०१६ मा ४० गोल गर्दै युरोपियन गोल्डेन बुटसमेत जितेका थिए ।

बार्सिलोनाका लागि सर्वाधिक गोल गर्नेमा सुआरेज तेस्रो स्थानमा छन् । उनीअघि रहेका लिओनल मेसीले ६३४ र सेजारले २३२ गोल गरेका छन् । सुआरेजलाई भित्र्याउने होडमा ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिड अगाडि देखिएको छ ।

कोम्यान आएसँगै बार्सिलोनाका पुराना धेरै खेलाडीले क्लब छाडेका छन् । क्लब छाड्नेमा मिडफिल्डर इभान राकिटिच, अर्टुरो भिडाल पनि छन । राकाटिच सेभिया र भिडाल टालियन क्लब इन्टर गएका छन् । यस्तै डिफेण्डर सामुएल उम्टिटी र नेल्सन सेमेडोले पनि क्लब छाड्ने नजिक छन् ।