सन्जु सामसनले विस्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रियिमर लिग ९आईपिएल०मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार राति सारजाहमा भएको खेलमा सामसन चम्किएपछि राजस्थानले चेन्नईलाई १६ रनले पराजित ग¥यो ।
टस हारेर पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २०० रन मात्र बनाउन सक्यो । उसका लािग फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाए । उनले ३७ बल खेल्दै १ चौका र ७ छक्का प्रहार गरे । यस्तै शेन वाट्सनले ३३ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले अविजित २९ रन जोडे । राजस्थानका लागि राहुल तेवाटियाले ३ विकेट लिए ।
शारजाहमा पहिल ब्याटिङ गरेको राजस्थानले कप्तान स्टिभ स्मिथ र सन्जु सामसनले अर्धशतक बनाएपछि ७ विकेटको क्षतिमा २१६ रन बनायो । निकै विस्फोटक ब्याटिङक गरेका सामसनले सर्वाधिक ७४ रन बनाए भने स्मिथले ६९ रन बनाए । सामनसनले ३२ बलमा १ चोका ९ छक्का प्रहार गरेका छन् । उनले पियुस चावलाको एक ओभरमा ४ छक्का प्रहार गरेका थिए । स्मिथले ४७ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ६९ रन बनाए ।
यी दुईले दोस्रो विकेटका लागि ५७ बलमा १२१ रनको उत्कृष्ट साझेदारी गरेपछि राजस्थानले विशाल योगफल बनाएको थियो । अन्तयतिर जोफ्रा आर्चरले पनि विस्फोटक ब्याटिङ गरे । उनले ८ बलमा २७ बल बनाए । उनले अन्तिम ओभरमा लुंगी एनगिडीलाई ४ छक्का प्रहार गरेका थिए । चेन्नईका साम कुरानले ३ विकेट लिए ।
विस्फोटक ब्याटिङ गरेका सामनस प्लेयर अफ दी म्याच घोषित भए । आज अबुधावीमा हुने खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्स भिड्ने छन् ।