काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोभिड १९ संक्रमण पुष्टि भएको उनी निकट स्रोतले जनाएको छ। नेता खनाललाई आज कोरोना सङ्क्रमण पुष्टि भएको हो।

कोरोनाको लक्षण देखिएपछि मनमोहन अस्पतालमा भर्ना भई स्वाब परीक्षण गराउँदा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो। अहिले उनी नर्भिक अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।