काठमाडौं। सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि आयात गरिने औषधी तथा मेडिकलजन्य सामग्री आयातमा भन्सार छुट दिने निर्णय गरेको छ।
गत बैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकको अनुसार सरकारले कोभिड १९ को महामारीबाट सङ्क्रमित बिरामीहरुको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन लगायत १० किसिमका मेडिकल सामग्रीहरूको पैठारीमा लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क छुट दिने भएको हो।