काठमाडौं। उपत्यकामा कोभिड १९ सङ्क्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा एक महिना लकडाउन गर्न कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई दिएको छ।
सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने गरेपछि बस्ने मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय लिने बताईएको छ। कोरोना महामारी बढ्दै गएको छिमेकी राष्ट्र भारतमा यसको असर भयावह अवस्था पुगिसकेकाले लापरवाही नगर्न र काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाब सिसिएमसीमा मन्त्रालयले पठाएको छ।