काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६८ जनामा कोभिड १९ परीक्षण गर्दा २ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये पिसीआर विधिबाट ७ हजार ५ सय २५ जनामा परीक्षण गर्दा २ सय ४ सय ८६ र एन्टिजेन विधिबाट १ हजार १ सय ४८ जनामा परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणबाट १४ जनाको मृत्यु भएको छ।