काठमाडौै । त्रिवि मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले नेदरल्याण्डलाई २ सय ७ रनको विजय लक्ष्य दिएको छ । २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको हो । 

कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीको अर्धशतकीय योगदानमा नेपालले सम्मानजनक लक्ष्य बनाउन सफल भएको हो । भुर्तेलले लगतार ३ खेलमा अर्धशतक प्रहार गर्न सफल भएका छन् । ओपनर भुर्तेलले ४६ बलमा सर्वाधिक ६२ रन बनाए भने ऐरीले ३० बलमा ६० रनको योगदान दिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८, सेमपाल कामीले २१, विनोद भण्डारीले ७ र करन केसीले १ रन बनाउँदा दुई खेलमा उत्कृष्ट ब्याटिङ गरेका आषिफ सैख शुन्य रनमा आउट हुन पुगे भने अतिरिक्त १७ रन प्राप्त भयो । 

नेदरल्याण्डका भिभियाङ्ग किन्मा र पिटर सीलरले समान २/२ विकेट लिएभने बास डि र अर्यान डुडले १/१ विकेट लिन सफल भए ।