काठमाडौं – एथलेटिको बिल्बाओलाई हराउँदै बार्सिलोनाले कोपा डेल रे जितेको छ ।
एथलेटिको बिल्वाओलाई ४–० गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो उपाधि जितेको हो ।
शनिबार राति भएको खेलमा कप्तान लियोनेल मेस्सीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान १–१ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव हुदाँ १२ मिनेटको अन्तरमा चार गोल भएको थियो ।
कोपा डेल रेको सर्वाधिक सफल ३१ पटकको च्याम्पियन बार्सिलोना २०१८ पछि पहिलोपटक कोपा डेल रेको च्याम्पियन बनेको हो ।