यस साताको तेस्रो दिन पनि शेयर (धितोपत्र बजार) मापक नेप्से परिसूचक ओरालो लाग्नेक्रम जारी रहेको छ । आज नेप्से  परिसुचक २२.९१ अङक्ले घटेर १५४६.१५ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ४.८४ ले घटेर ३०७.३९ विन्दुमा पुगेको छ ।

 

आज मात्रै कूल १९९ कम्पनिको ७८ लाख ५६ लाख ७८८ कित्ता शेयर रु. दुई अर्ब ८१ करोड २८ लाख ५६ लाख ५८४ मूल्यमा खरिद बिक्री भएको छ। कारोवार भएका कूल १२ उपसमूहकै शेयर आज ओरोलो लागेको हो । जसमा सबैभन्दा धेरै बैंकिङ क्षेत्र २२.३६, व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत् २४.९१, वित्त १२.४९, निर्जीवन बीमा ११२.६६, उत्पादन ३५.०४, अन्य ७.२२, लघुवित्त २३.२४, जीवन बीमा १०९.४७ र सामूहिक लगानी कोष ०.०८ ले ओरालो लागेको छ ।