गितकार तारा देवि सुनुवारको म्युजिक भिडियो फेनेरेल्फु रेल्षा:आ सार्बजनिक भएको छ । सुनुवार भाषामा निर्मित उत्त म्युजिक भिडियो बुधबार साँझ ललितपुरको रोयल एलिना बेकरी क्याफेमा एक कार्यक्रमको बीच सार्बजनिक गरिएको हो ।

सुनुवार राष्ट्र सेवक समाजका अध्यक्ष एबम ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अमरद्विप सुनुवारको अध्यक्षतामा आयोजित कार्यक्रममा ख्यातिप्राप्त गितकार, चलचित्र निर्देशक एबम संचारकर्मी  प्रकाश सायमीको प्रमुख आतिथ्यतामा रहेको थियो । 

कार्यक्रममा विभिन्न बिधाका कलाकार, समाजसेवी र राष्ट्रसेवक कर्मचारीहरुको उपस्थिति रहेको थियो । तारादेवि सुनुवार द्वारा लिखित फेनेरेल्फु रेल्षा:आ गितमा स्वयंम तारादेवी सुनुवार र पुस्कर सुनुवारको स्वर रहेको छ । 

यस गितको संगित तथा एरेन्ज पुस्कार सुनुवारले गर्नु भएको छ । बृहषमान सुनुवार, अन्जु सुनुवार लगायतका कलाकारहरु अभिनय रहेको म्युजिक भिडियोको निर्देशन बृहसमान सुनुवारले गर्नु भएको छ भने छायांकन तथा सम्पादन भने मोहन सुनुवारले गर्नु भएको छ । 

फेनेरेल्फु रेल्षा:आ सुनुवार भाषाको म्युजिक भिडियो तारा सुनुवार नामक युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।