कतार। नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा मिति २७ जनावरी २०२३ शुक्रबार को दिन मन्जुश्री संम्वत २८५९ सोनाम ल्होछार (ह्योइ ल्हो/ बिरालो बर्ग) को शुभ अवसरमा शुभकामना आदान-प्रदान तथा साँस्कृतिक महोत्सव- २०२३ को तयारी अन्तिम चरणमा रहेको छ।यस पटक को ल्होछार कार्यक्रम बिगतको वर्षहरुमा झै नाच गान र भाषणमा मात्रै सिमित नरही केही बिशेष ढंगले महोत्सव को रुपमा मनाउने तयारी भैरहेको छ ।

ल्होछार कार्यक्रम प्राविधिक कारणबस पुर्व निर्धारित मिसाइद स्थित अम्वज क्याम्पमा हुन नसकेको ले स्थान परिबर्तन गरेर दोहको अबु हमर स्थित आइडिएल इन्डियन स्कुलको प्राङ्गणमा हुने भएको छ भने कार्यक्रम स्थल सम्म आवत जावत को लागि निशुल्क यातायात को ब्यवस्था समेत रहेको छ। सोनम ल्होछार कसरी मनाइन्छ? चन्द्र पात्रो अनुसार पात्रो फेरिने दिन अर्थात सम्पुर्ण तामाङ हरुको नयाँ बर्ष को रुप मा मनाउने दिन नै ल्होछार हो तर पनि तामाङ समुदायले भने यो दिन नयाँ बर्ष को रुपम मात्रै नभई महान चाड को रुप म मनाउदै आइ रहेको छ। १२ वाट जनावार को नामअनुसार को ल्हो खोर्लो (चक्र ) बनाएको छ जसमा १ जनावर ले १ साल अर्थात १ ल्हो को प्रतिनिधित्व गर्दछ। यसरी हरेक बर्ष एउटा ल्हो फेरिन्छ।

ल्हो खोर्लो अनुसार यो पटक च्यान(बाघ) ल्हो लाई बिदाइ गर्दै ह्योइ(बिरालो) ल्हो लाई स्वागत गरिन्छ। आफ्नै मौलिक कला संस्कार र संस्कृती को धनि तामाङहरु ले विशेष गरि घरघरमा पुजा गर्ने ,लुङदर दर्ज्यू राख्ने,गुम्बामा दर्शन गर्ने, आफ्नो मौलिक पहिरन लगाउने,मौलिक खाने कुरा बनाएर खाने,मौलिक बाजा डम्फु टुङना बजाएर गित संगीत मा रमाउने गरिन्छ।आफ्ना पारिवारिक सदस्यहरु तथा आफन्त जन सँग भेटघाट गरि ठुला बढाको आशीर्वाद लिएर खुसी साटासाट गरिन्छ। के हो त साँस्कृतिक महोत्सव ? हाम्रो लागि ल्होछार एक उत्सब हो र यो उत्सब लाई महा उत्सब बनाउने तयारी नै महोत्सव हो। जहाँ तामाङ कला संस्कृती झल्कने विभिन्न बिधा हरु को प्रस्तुती रहनेछ्न। जस्तै: नेपाल बाट आमन्त्रित चर्चित मौलिक सेलो गायक तथा संगितकार बैरागी मोक्तान चर्चित म्हेन्दोमाया गायिका र rj सबिना तामाङ को उपस्थिति साथै स्थानीय कलाकार काठमाडौ म्युजिकल ब्याण्डको लाइभ प्रस्तुति, सेलो गित, म्हेन्दोमाया गित, डम्फु व्हाइ, ताम्बा काइतेन, बोम्बो नाच, लामा नाच तथा नृत्यहरु रहने छन। साथै उक्त उत्सव लाई महोत्सव बनाउनको लागि बिभिन्न फूड स्टलहरु रहने छन जहाँ आफूलाई मन पर्ने खाने कुराहरु जस्तै : म म, थुक्पा, चट्पटे, पानी पुरी, खाप्से, सेल रोटि तथा अन्य खाने कुराको स्वाद लिन सक्नु हुनेछ।

तामाङ ड्रेस( गोइलो) तथा अन्य घरायसी तथा हस्त निर्मित सामाग्रीहरु को खरिदबिक्री तथा अवलोकन गर्न पाउनु हुनेछ। साथै बूक स्टल मार्फत एक अर्कामा ज्ञान आदानप्रदान आफू सँग भएको कितावहरु लगेर दिने र आफू लाई मन पर्ने किताब सित्तैमा लिएर जाने ब्यवस्था समेत रहनेछ।