इच्छाकामना गाउँपालिकाको नीति समिक्षा र चेपाङ महिलामाथी हुने लैङ्गिक हिंसाको अवस्थाको अनुसन्धान निष्कर्ष सार्वजनिक गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मंचबाट गरिएको अनुसन्धान निष्कर्ष शुक्रबार आल्फा हाउस नयाँबानेश्वरमा सार्वजनिक गरिएको हो ।

मंचका अध्यक्ष सुनि लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनुसन्धानकर्ता अमित तामाङले अध्ययन निष्कर्षबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अध्ययनको क्रममा इच्छाकामनाको विभिन्न ६ वटा टोलबाट ११८ जना चेपाङ महिलालाई सहभागी गराईएको जनाएको छ । अध्ययन निष्कर्षमा अधिकांस चेपाङ महिला कम उमेरमा नै बिवाह गर्ने र सन्तान जन्माउने गरेको देखिएको छ । ७८ प्रतिशत चेपाङ महिलाहरूको १९ बर्ष भन्दा कम उमेरमा नै बिवाह भएको रिपोर्टमा जनाएको छ ।

औपचारिक शिक्षामा चेपाङ महिलाको अत्यन्तै कमजोर उपस्थिति रहेको पनि अध्ययन निष्कर्षमा देखाएको छ । अशिक्षाकै कारण अधिकाश चेपाङ महिला लैङ्गकि हिसामा पर्ने गरेको अध्ययनले देखाएको छ । अध्ययन निष्कर्ष सार्वजनिक कार्यक्रममा संघिय संसदको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाह, समितिकै सचीव इन्द्र बिलाष पौडेल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शोभा सुनुवार, आदिवासी महिला सचेतना समुहका उपाध्यक्ष उमा तामाङ, आदिवासी जनजाति महिला नेता तथा अभियन्ताहरु लगायत विभिन्न संघ संस्थाबाट आदिवासी महिलाहरुको उल्लेख सहभागीता रहेको थियो ।

राष्ट्रिय आदिवासी जनजाति महिला मंचले आदिवासी जनजाति महिलाहरुको क्षेत्रमा बिगत लामो समय देखी अध्ययन अनुसन्धान गर्दै क्षमता अभिबृद्वी तथा महिला अधिकारकोलागि विभिन्न कार्यक्रम हरु गर्दै आइरहेको संस्थाका अध्यक्ष सुनी लामाले बताउनु भएको छ ।