काठमाडौं । युभेन्ट्सले नापोलीलाई २-० गोलले पराजित गर्दै इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ ।
गत सिजनको सिरी ए र कोपा इटालियनको विजेताबीच हुने सुपर कपमा सिजनको सिरी ए विजेता युभेन्टस र कोपा यटालियाको विजेता नापोली बीच खेल भएको थियो ।
युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले समान १-१ गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा युभेन्ट्सले दुई गोल सफल भयो । खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए भने इन्जुरी टाइममा मोराटाले गोल गर्दै इटालियन सुपर कप च्याम्पियन बनायो ।