काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको आईपिओ भर्नेलाई चन्दागिरि केबलकारमा २५ प्रतिशत छुट मिल्ने भएको छ । चन्दागिरि हिल्स लिमिटेडको ११ औँ वार्षिक साधारण सभाले उक्त छुट दिने निर्णय गरेको हो ।
पुस २४ गतेदेखि आईपिओ निष्काशन गरेको चन्दागिरि हिल्स लिमिटेडको आईपिओमा माग गरेभन्दा १७ गुणा बढि आवेदन परेको थियो । यसरी चन्दागिरिको आईपिओमा लगानीकर्ताहरूको आकर्षण बढेपछि कम्पनीको साधारणसभाले कम्पनीले आह्वान गरेको शेयर आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई २५ प्रतिशत छुट दिने निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जनाईएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ "स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिनुहुने १२ लाख ५६ हजार ७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टर देखाउनु पर्ने छ । साथै यो योजना मिति २०७७ माघ ५ गतेदेखि एकवर्ष सम्मको लागि मान्य हुनेछ।"

