काठमाडौं । दुई दिनमा ८ लाख ६३ हजार ४४६ आवेदकले चन्द्रागिरी हिल्लको आईपिओमा आवेदन दिएका छन् । आवेदकहरुले एक करोड ७० लाख २७ हजार ७९० कित्ता अर्थात १ अर्ब ७० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन दिएको कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । 

क्यापिटलका अनुसार आवेदन सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १२.१९ गुणा बढी भएको जनाएको छ । कम्पनीको आईपीओ निष्काशन पुस २४ गते खुलाएर छिटोमा पुस २८ गते बन्द हुने जनाएको थियो ।

कम्पनीले निष्काशन गरेको कुल शेयरको ४ प्रतिशत कर्मचारीहरुको लागि र ५ प्रतिशत सामूहिक लगानीकोषहरुका लागि छुट्याएको छ । सर्वसाधारणले १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन खुल्ला गरेको छ ।