संगिता डिम्दोङ, सिन्धुली । कोरोना भाइरस कोभिड १९ लाई ख्यालख्याल नसम्झिन मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले आग्रह गर्नु भएको छ । उहाँले कोरोना भाइरस गम्भिर रोग भएकाले ख्यालख्याल नगर्न आग्रह गर्नु भएको हो ।
गाउँपालिकाका अध्यक्ष बम्जनलाई गत २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरस सँग मिल्दाजुल्दा लक्षण देखिएकाले उहाँले कोरोना परिक्षणका लागि स्वाब दिनुभएको थियो । उहाँलाई श्वास फेर्न गारो हुने,शरिर दुख्ने,टाउँको दुख्ने शरिरका मांसपेसिहरु दुख्ने,रिँगटा लाग्ने जस्ता लक्षण देखिएको उहााले बताउनु भयो । दुई दिनसम्म गम्भिर बिरामी बम्जन आज देखि भने स्वस्थ्यमा सुधार भएको छ ।
सिन्धुली अस्पतालका ब्यबस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेल,डा.सागर देबकोटा,अमृत कार्कि,अस्पतालका सुचना अधिकृत राजकुमार गोलले बम्जनको स्वास्थ्य परिक्षणका आज मरिन पुग्नुभएको थियो । अध्यक्ष पोखरेलले गम्भिर प्रकृतीका लक्षणहरु देखा परेकाले उहाँको स्वास्थमा परिक्षण गराउँन उहाँकै निवास पुगेको बताउनु भयो । अध्यक्ष बम्जन आफ्नै घरमा होम आयसोलेसनमा बस्नुभएको छ । कोरोना संक्रमित बम्जनलाई कोलस्टोर,सुगर र उच्च रक्तचाप भएको कारण समस्या दखिएको डा. सागर देबकोटाले बताउनु भयो। कोरोना संक्रमित सम्पुर्ण ब्यक्ति लाई अस्पतालको समपर्क आउँन पोखरेलले आग्रह गर्नुभएको छ । पोखरेलले कोरोना संत्रक्रमितहरुलाई भेट्न होम आइसोलेसनमा पुग्नुभएको छ ।
साथै उहाँले कोरोनाको दोस्रो लहर पनि सुरु भइसकेकाले सिन्धुली पनि अछुतो नरहने बताउनु भयो । कोरोनाको दोस्रो लहर प्रबेस गर्नुमा ठुलो कारण नेकपा रहने पोखरेलले बताउनु भयो ।