वैशाख ७, जनचासो खबर । आज राति भएको इंग्लिस प्रिमियर लिगको रेडडर्बीमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि ४–० गोल अन्तरले पराजित गरेको छ । स्टार क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा युनाइटेडले लज्जासपत हार व्यहोरेको हो ।
उपाधि होडमा रहेको लिभरपुलाई घरेलु मैदान एनफिल्डमा सानदार जित दिलाउन मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक/एक गोल गर्न सफल भए ।
लिभरपुलले एकतर्फि पकड बनाएको खेलको पाँचौ मिनेटमा पहिलो गोल सलहाको एसिष्टमा लुइस डियाजले गरेका थिए । त्यस्तै २२औँ मिनेटमा मानेको पासमा सलहाले दोस्रो गोल गरे ।
पहिलो हाफमा २-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा पनि थप दुई गोल गर्न सफल भए । दोस्रो हाफको ६८औँ मिनेटमा डियाजको पासमा मानेले गोल गरे भने खेलको ८५औँ मिनेटमा जोटाको पासमा सलाहले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै फराकिलो जित पक्का गरे ।
जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधिको होडमा शीर्षस्थानमा रहेको म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ ।
यता फराकिलो हार व्यहोरेको म्यानचेष्टर युनाइटेड भने ३३ खेलबाट ५४ अङ्क छैठौँ स्थानमा रहेको छ । पाँच खेल बाँकी रहेको युनाइटेडका लागि आगमी सिजन हुने च्याम्पियन्स लिगको लागि छनौट हुन चुनौती चुलिँदै गएको छ ।